बुधबार, चैत्र २५, २०८२
  • गृहपृष्‍ठ
  • राजनिति
  • गृहमन्त्रीले पाथीभरा केबुलकार विवाद बारे तीन जिल्लाका सांसदहरुसँग छलफल गर्दै

गृहमन्त्रीले पाथीभरा केबुलकार विवाद बारे तीन जिल्लाका सांसदहरुसँग छलफल गर्दै


गणेश विक


काठमाडौँ । ताप्लेजुङस्थित पाथीभरा केबुलकारको विषयमा बढेको विवादले सिर्जना भएको तनाव कम गर्न गृहमन्त्री रमेश लेखकले छलफल थालेका छन् ।

गृहमन्त्री लेखकले मंगलबार ताप्लेजुङ, पाँचथर, इलाम र तेह्रथुमका सांसदहरुसँग छलफल गर्ने लागेका छन् । ताप्लेजुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद लीलादेवी बोखिमले आफूहरूलाई साँझ ५ बजे छलफलका लागि गृह मन्त्रालयमा बोलाइएको जानकारी दिएकी छन् ।

पाथीभरा क्षेत्रमा निर्माण हुने केबलकारको विषयमा गत शनिबार ‘नो केबलकार’ पक्षधर र सुरक्षाकर्मीबीच झडप भएको थियो। झडपका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर घाएते भएका ‘नो केबलकार’ पक्षधरका ३ जनाको अहिले शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । घाइते नेपाल प्रहरी र सशस्त्र प्रहरीका ७ जनाको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

सुरक्षाकर्मीले आफूहरूमाथि ज्यादती गरेको भन्दै ‘नो केबलकार’ पक्षधरले आजबाट मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकामा अनिश्चितकालीन यातायात बन्दको आवह्वान समेत गरेका छन् । बन्दका कारण ताप्लेजुङमा यातायात प्रभावित भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत