बुधबार, चैत्र २५, २०८२

अवकाश पाएका माओवादी विद्यार्थीले प्रदेशको जिम्मा पाए


कान्तिपथ


अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हदको कारणले बाहिरिएका विद्यार्थी नेताहरुलाई नेकपा माओवादी केन्द्रले पार्टीको जिम्मेवारी दिएको छ ।

अखिलबाट बाहिरिएका १५१ जना विद्यार्थी नेताहरुलाई कार्यदलको सिफारिसको आधारमा जिम्मेवारी दिएको हो ।

अखिलबाट बिदा भएका विद्यार्थीहरुको व्यवस्थापन गर्नको लागि माघ ४ गर्ते उपमहासचिव शक्ति बस्नेतको नेतृत्वमा हिमाल शर्मा र पन्चा सिंह सदस्य रहेको ३ सदस्यीय कार्यदल गठन गरिएको थियो ।

कार्यदलको प्रतिवेदनको आधारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनअनुसार विद्यार्थी नेताहरुलाई जिम्मेवारीसहितको परिपत्र महासचिव देव गुरुङले प्रदेश कमिटीमा पठाएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत