बुधबार, फाल्गुन ६, २०८२

स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त


कान्तिपथ


सरकारले स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक पदमा डा रघुराज काफ्लेलाई नियुक्त गरेको छ। सोमबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले काफ्लेलाई नियुक्त गर्ने निर्णय गरेको हो।

कार्यकारी निर्देशक सिफारिस गर्न गठित समितिले काफ्लेका साथै कमल पन्थी र डा कृष्णप्रसाद अधिकारीको नाम सिफारिस गरेको थियो।

विकास अर्थशास्त्री काफ्ले गण्डकी प्रदेशको नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष हुन्।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले यसअघि उनलाई स्वास्थ्य बिमामा देखिएका समस्या समाधानमा सुझाव दिन डा शम्भुप्रसाद आचार्यको नेतृत्वमा गठित समितिमा सदस्य बनाएका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत