डा. सीके राउत नेतृत्वको जनमत पार्टीले रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीसँग एकता गर्ने भएको छ । केही महिनादेखि एकताका लागि संवादमा रहेका दुई दल छिट्टै सहमतिमा पुग्ने भएका छन् ।
जनमत पार्टीले २६ फागुनको केन्द्रीय समितिको बैठकबाट एकता गर्ने निर्णयसहित वार्ताका लागि कार्यदलसमेत बनाएको छ । गठित कार्यदलमा सांसद अब्दुल खान, पार्टीका प्रवक्ता शरदसिंह यादव र नेता बालगोविन्द चौधरी छन् ।
रेशम चौधरी पनि पार्टी एकताका लागि तयार देखिएका छन् । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकतामा भएमा संसदमा ९ जना सांसद हुनेछन् । जनमतसँग ५ जना र नागरिक उन्मुक्तिसँग ४ जना सांसद छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ