बुधबार, फाल्गुन ६, २०८२

प्रधानमन्त्री कप : पुलिसको जित्याे लगातार छैटौं खेल


गणेश विक


काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा आफ्नो विजयी यात्रालाई छैटौं खेलसम्म पनि कायम राखेको छ ।

 सिद्धार्थनगर क्रिकेट मैदानमा बुधबार पुलिसले गण्डकी प्रदेशविरुद्ध सात विकेटको सहज जित दर्ता गरेको हो ।

यो जितसँगै शीर्षस्थानको पुलिसले ६ खेलमा १२ अंक जोडेको छ । पराजित गण्डकी समान खेलबाट दुई अंकका साथ पुछारमा रहेको छ ।

 गण्डकीले प्रस्तुत गरेको ९३ रनको लक्ष्य पुलिसले १६ ओभरमा तीन विकेट गुमाउँदै पूरा गरेको थियो भने पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले २३ बलमा ६ छक्का र तीन चौकाको मद्दतले सर्वाधिक ५४ रनको योगदान गरे । 

 यसैगरी अर्जुज साउद १८ र दिलिप नथा १० रनमा अविजित रहे । तेस्रो विकेटका लागि दीपेन्द्र र अर्जुनले ६५ रनको साझेदारी गरेका थिए ।  गण्डकीका लागि विपिन खत्री र सुवास भण्डारीले समान एक विकेट लिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत