बुधबार, फाल्गुन ६, २०८२

म्यानचेस्टर सिटीको रोमाञ्चक जीत


कान्तिपथ


काठमाडौं। म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा बिजयी भएको छ ।

मंगलबार खेलमा अन्तिम समयको गोलले एस्टन भिल्लाविरुद्ध २–१ को रोमाञ्चक जित निकालेको हो ।

इत्तिहाद रंगशालामा घरेलु टोली सिटीलाई जित दिलाउन बर्नार्न्डो सिल्भा र म्याथियस नुनेजले गोल गरेका थिए भने भिल्लाका लागि मार्कस रासफोर्डले जवाफी गोल फर्काएका थिए ।

खेलको पहिलो हाफमा नै सातौं मिनेटमै सिल्भाको गोलमार्फत सिटीले अग्रता लिएको थियो । १८औं मिनेटमा रासफोर्डले पेनाल्टीमा गोल गर्दै भिल्लालाई बराबरीमा ल्याएका हुन् ।

तर, इन्जुरी समयमा नुनेजले गोल गर्दै सिटीलाई स्पष्ट तीन अंक दिलाउन सफल भए । यो जितसँगै ३४ खेलमा ६१ अंक जोडेको सिटी तेस्रो स्थानमा उक्लिएको छ भने पराजित भिल्ला ३४ खेलबाट ५७ अंकका साथ सातौं स्थानमा रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत