बुधबार, बैशाख २, २०८३

नरेफाँटबाट प्रतिबन्धित ट्रामाडोलसहित २ जना पक्राउ


कान्तिपथ


काठमाडौं। काठमाडौं महानगरपालिका–३२ नरेफाँटस्थित सडकखण्डबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोल १५० क्याप्सुलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा जिल्ला दोलखा, कालिन्चोक गाउँपालिका–८ वतन भएका २९ वर्षीय सुशिल आचार्य र जिल्ला सिन्धुपाल्चोक, जुगल गाउँपालिका–८ वतन भएका २६ वर्षीय किरण शेर्पा रहेका छन्।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको कोटेश्वरका ईन्चार्ज प्रहरी निरिक्षक यज्ञराज भट्टले जानकारी दिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत