बुधबार, चैत्र २५, २०८२

पत्रकार महासंघलाई दाताले दिएको सामान नै गायव


कान्तिपथ


काठमाडौं । दाताले दिएको बिपद्का बेला आवश्यक पर्ने सामान नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले वेपत्ता बनाएको छ ।

बागमती प्रदेश सरकार, सञ्चार रजिस्ट्रार कार्यालयले विपद् तथा जोखिमका बेला सहयोग गर्न शाखालाई दिएको सामान नै वेपत्ता भएको हो ।

सञ्चार रजिष्टार कार्यालयले काठमाडौं शाखालाई सामान हस्तान्तरण गरेको देखिन्छ ।

तर, अहिले ती सामान शाखामा छैन । बिपद्का बेला पत्रकारिता गर्न सहयोग शिर्षकका काठमाडौं शाखालाई हस्तान्तरण गरेका सामाग्रीहरु, को सँग कहाँ छ ? भन्दै नयाँ कार्यसमितिले खोजी गरिरहेको छ ।

तर, अझै उपलब्ध भएको छैन ।

सञ्चार रजिष्टार कार्यालयले अघिल्लो कार्यसमितिलाई ल्यापटप (चार्जर) २ थान, झोला – २ थान, माईक्रोफोन–२ थान, टर्चलाईट –२ थान, मोवाईल टाइपोट–२ थान, पावर बैंक – २ थान हस्तान्तरण गरेको थियो ।

तर, विशेष स्राेतका अनुसार उक्त ल्यापटप सामाग्री निवर्तमान अध्यक्ष सूर्य सुवेदीका छाेरीहरुले घरमा गेम खेलिरहेको बताएको छ ।

यस अघि सूचनाकाे हक प्रयोग गर्दै भिम लामाले मागेको सुचना उपलब्ध गराउन नसक्नु शाखाका अध्यक्ष शाेभा अर्यालको नेतृत्वमाथी प्रश्न उब्जिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत