रसुवा —
प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्च सरकारी टोलीले ‘भोटेकोशी’ भनेर चिनिने ल्हेन्देखोलामा आएको बाढीबाट भएको क्षतिको स्थलगत अवलोकन गरेका छन्।
राष्ट्रिय समाचार समिति (रासस) का अनुसार, प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीय बासिन्दासँग बाढीपछिको अवस्था, उद्धार कार्य र राहत व्यवस्थाबारे छलफल गरेका छन्।
प्रधानमन्त्री ओलीले बेपत्ता व्यक्तिहरूको अवस्था, रसुवागढी भन्सारस्थित सुक्खा बन्दरगाहमा भएको क्षति, तथा बाढीले बगाएका मालवाहक कन्टेनरका कारण भएको आर्थिक क्षतिको विषयमा गम्भीर चिन्ता र चासो व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओलीको नेतृत्वमा पुगेको टोलीमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, साथै प्रधानसेनापति र चारै सुरक्षा निकायका प्रमुखहरू समेत सहभागी थिए।


देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ