बुधबार, फाल्गुन ६, २०८२

एमालेको प्रवासी संगठनले जुलाई २५ मा इजरायलमा अधिवेशन गर्दै


कान्तिपथ


नेकपा (एमाले) निकट प्रवासी संगठन प्रवासी नेपाली मञ्च, इजरायलको तेस्रो अधिवेशन आगामी जुलाई २५ तारिखमा हुने भएको छ।

“सबल प्रवासी–समृद्ध नेपाल, सुखी नेपाली” भन्ने मूल नाराका साथ उक्त अधिवेशन इजरायलको तेलअभिवमा आयोजना गरिने आयोजकले जानकारी दिएको छ।

मञ्चका राष्ट्रिय समिति सचिव रमेश जोशीका अनुसार अधिवेशनको उद्घाटन नेकपा (एमाले)का उप–महासचिव प्रदीप ज्ञवालीले गर्ने कार्यक्रम रहेको छ।

सचिव जोशीका अनुसार, अधिवेशनमा इजरायलमा रहेका प्रवासी नेपालीको हकहित, संगठनको भुमिका र भावी योजनाका विषयमा छलफल हुनेछ।

साथै, अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने पनि जानकारी दिइएको छ।

विभिन्न देशका प्रतिनिधि, श्रमिक संघ, समाजसेवी तथा राजनीतिक व्यक्तित्वहरूको उपस्थिति रहने अपेक्षा गरिएको अधिवेशनमा विविध क्षेत्रका वक्ताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रवासी नेपालीहरूको हकहितको वकालत गर्दै आएको यो संगठनले विगतमा पनि इजरायलस्थित नेपाली समुदायबीच सामाजिक तथा श्रमिक अधिकारसम्बन्धी अभियान सञ्चालन गर्दै आएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत