इजरायली सेनाले सिरियाको राजधानी दमास्कसमा रहेको सैन्य मुख्यालयमाथि आक्रमण गरेको जनाएको छ। यस आक्रमणमा एक जनाको मृत्यु हुनुका साथै १८ जना घाइते भएका छन्, भनी सिरियाली स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।
इजरायलका रक्षामन्त्री इजरायल कान्ट्जले चेतावनी दिँदै भनेका छन्, “अब चेतावनीको समय समाप्त भएको छ, अब कठोर र पीडादायी प्रहार हुनेछन्।”
उनका अनुसार इजरायलले दक्षिण–पश्चिमी सिरियामा बसोबास गर्ने ड्रुज समुदायको सुरक्षाका लागि यस्तो कदम चालेको हो।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पनि ड्रुज समुदायप्रति ऐक्यबद्धता जनाउँदै भने, “हामी हाम्रो ड्रुज समुदायका भाइबहिनीलाई जोगाउने प्रयास गर्दैछौँ र सिरियाली शासनको आपराधिक संरचनालाई तह लगाउने काम गरिरहेका छौँ।”
उनले इजरायलमा रहेका ड्रुज समुदायका सदस्यहरूलाई सिरिया प्रवेश नगर्न आग्रह गरेका छन्।
सिरियाली सरकारले इजरायली आक्रमणको तीव्र निन्दा गर्दै यसलाई गैरकानूनी र आपराधिक कार्य भनेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ