शनिबार, चैत्र २८, २०८२

करिब ३ सय ८८ किलो गाँजा सहित एक जना पक्राउ


गणेश विक


सप्तरी, राजगढ गाउँपालिका-३ नर्घो बस्ने ४१ वर्षीया रेखा कुमारी मण्डललाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ३ सय ८८ किलो ७ सय ३० ग्राम सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कल्याणपुर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा निर्माणाधीन शौचालय, गोठ र घर नजिकैको बाँसको झ्याङबाट गरी १२ वटा बोरामा रहेको उक्त परिमाणको पदार्थ फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत