बुधबार, फाल्गुन ६, २०८२

बागमतीमा कांग्रेसको दलको नेता छान्न आज चुनाव


कान्तिपथ


नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेता चयनका लागि आज चुनाव हुन लागेको छ । प्रदेश कार्यसम्पादन समितिको बैठकले प्रदेशका सह–महामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेर संसदीय दलको नयाँ नेता छान्ने प्रक्रिया सुरु गरेको हो ।

हिजो संसदीय दलका नेता बहादुर सिंह लामाविरुद्ध सांसदहरुले दर्ता गरेको अविश्वासको प्रस्ताव पारित भएको थियो । लामाको विपक्षमा २२ जना सांसद खुलेका थिए । पक्षमा १७ जना सांसद देखिएका थिए ।

मुख्यमन्त्रीसमेत रहेका लामाको अविश्वासको प्रस्ताव पारित भएपछि आज नयाँ नेताका लागि चुनाव हुन लागेको हो । संसदीय दलको नेताका लागि इन्द्र बानियाँले प्रतिस्पर्धा गर्दै छन् । बानियाँकै नेतृत्वमा लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत