अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग वैचारिक टकराव चलिरहेका बेला नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी पुनर्गठनको प्रस्ताव गरेका छन् । मंगलबार साँझ सामाजिक सञ्जालमार्फत शर्माले संविधान संशोधनसँगै विशेष महाधिवेशन गरेको पार्टीको पुनर्गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन् ।
उनले आफूमाथि पार्टीभित्र छुट्टै गुट चलाएको, पार्टी विभाजनका लागि तयारी गरेको आरोप लगाएको भन्दै अध्यक्ष प्रचण्डमाथि गुनासोसमेत पोखेका छन् ।
‘दुई वर्षदेखि माथिल्नो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरूप्रति सचेत हुन आग्रह गर्दछु,’ शर्माले भनेका छन् ‘विशेष महाधिवेशन गर्ने निर्णय गरेको सन्दर्भमा अब पार्टीमा एजेन्डाकेन्द्रित बहस गरौँ । जसले पार्टीको पुनर्गठन,सुदृढ र व्यवस्थित गर्न मद्दत पुग्नेछ ।’
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ