बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • प्रशासन
  • नागढुंगा सुरुङमार्गमा सवारी साधनको दस्तुर तोकियो, न्यूनतम ६० र अधिकतम ६०० रुपैयाँ

नागढुंगा सुरुङमार्गमा सवारी साधनको दस्तुर तोकियो, न्यूनतम ६० र अधिकतम ६०० रुपैयाँ


कान्तिपथ


काठमाडौं — सरकारले नागढुंगा सुरुङमार्ग प्रयोग गर्दा सवारी साधनको किसिमअनुसार एकपटकमा ६० देखि ६०० रुपैयाँसम्म दस्तुर तिर्नुपर्ने व्यवस्था गरेको छ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले उपत्यका भित्रिने र बाहिरिने सवारीका लागि फरक–फरक दर तोकेको हो।

निर्णय अनुसार—

  • कार तथा भ्यान: काठमाडौं आउँदा रु. ६५, बाहिरिँदा रु. ६०
  • मिनीबस र ट्रक: आउँदा रु. ११५, बाहिरिँदा रु. ८०
  • बस र ठूलो ट्रक: आउँदा रु. २६०, बाहिरिँदा रु. २००
  • भारी उपकरण: आउँदा रु. ६००, बाहिरिँदा रु. २५०

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार, बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग केही महिनाभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत