बुधबार, फाल्गुन ६, २०८२

यू-१७ महिला च्याम्पियनसिप: बंगलादेशसँग भिड्दै नेपाल


कान्तिपथ


भुटानमा जारी साफ १७ वर्षमुनिको (यू-१७) महिला च्याम्पियनसिप प्रतियोगितामा नेपाल आज (बुधबार) आफ्नो चौथो खेलमा बंगलादेशसँग भिड्दै छ।

खेल भुटानको थिम्पुमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ। यसअघि भएको खेलमा नेपाल बंगलादेशसँग ३–० गोलले हारेको थियो।

अहिलेसम्म नेपालले ३ खेल खेलेको छ। जसमा २ हार र एक जित गरेको छ। पहिलो खेलमा भारतसँग हारेको नेपालले दोस्रो खेलमा भुटानलाई हराएको थियो।

भुटान, भारत र बंगलादेशसहित ४ टोली सहभागी प्रतियोगितामा नेपालले उपाधि जित्ने सम्भावना कमजोर बनेको छ। नेपाल तीन अंकसहित तेस्रो स्थानमा छ भने समान खेल खेलेको बंगलादेश ६ अंकसहित दोस्रो स्थानमा छ।

अनि नौ अंकसहित भारत शीर्ष स्थानमा छ। डबल राउन्ड रोबिन लिगका आधारमा जारी प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ।

आजको खेलपछि नेपाल शुक्रबार भारतसँग र आइतबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत