अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई ५० प्रतिशत भन्सार कर लगाएका छन्। भारतले रुसबाट कच्चा तेल किनेर युक्रेनविरुद्धको युद्धमा रुसलाई सहयोग गरिरहेको आरोपमा अमेरिकाले २५ प्रतिशत थपेर कर ५० प्रतिशत पुर्याएको हो।
भारतले भने अमेरिकाको यो निर्णयप्रति कडा आपत्ति जनाएको छ। जसले गर्दा दुई देशबीचको सम्बन्धमा पनि नराम्रो प्रभाव परिरहेको छ। भातरका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकासामु कुनै पनि दबाबले नझुक्ने बताइरहेका छन्।
यसैबीच जर्मन पत्रिका फ्रान्कफर्टर अल्गमाइन चाइटुङ (एफएजेड) ले भारतविरुद्ध कर लगाएपछि ट्रम्पले ४ पटक फोन गर्दा पनि मोदीले नउठाएको दाबी गरेको छ। तर फोन कहिले गरिएको थियो भन्ने कुरा उल्लेख छैन।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ