बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • जेन जि आन्दोलनका घाइतेलाई प्रहरी निरीक्षक महतोद्वारा रक्तदान

जेन जि आन्दोलनका घाइतेलाई प्रहरी निरीक्षक महतोद्वारा रक्तदान


गणेश विक


काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेन जि आन्दोलनका प्रदर्शनकारी र प्रहरीबीचको झडपका कारण राजधानी दिनभर तनावग्रस्त बन्याे ।

काठमाडौंको बानेश्वर क्षेत्र केन्द्रविन्दु बनेको यस आन्दोलनमा प्रहरीले बल प्रयोग गरेपछि अवस्था झन् चर्किएको थियो। प्रहरीले चलाएको गोली लागेर उपत्यकामा १६ जना भन्दाबढीकाे मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन्। घाइतेहरूको काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रदर्शनकारीहरूले संसद् भवन अगाडिका सडक कब्जा गरेर प्रदर्शन जारी राखे पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यू आदेश जारी गर्नुपरेको थियो।

यस्तै, प्रदर्शनका क्रममा घाइते युवाहरूलाई उपचारका लागि अस्पतालमा भर्ना गर्दा रगतको अभाव भएको जानकारी पाएपछि काठमाडौं परिसरका प्रहरी निरीक्षक सत्रुधन महतोले तत्काल रक्तदान गरेका छन्।

कान्तिपथ डटकमका पत्रकार जीवन तामाङ, “आन्दोलन कभरेजको क्रममा जब काठमाडौं मेडिकल अस्पतालमा रगतको अभाव भएको जानकारी पाए ।

त्यसपछि प्रहरी निरीक्षक महतो स्वयं अगाडि बढेर रक्तदान गर्नुभएको देख्दा प्रहरीसमेत मानवीय सेवामा कति महत्वपूर्ण भूमिका खेल्छ भन्ने प्रमाणित भयो।”

समाजसेवाप्रति सकारात्मक दृष्टिकोण राख्ने प्रहरी निरीक्षक महतो यसअघि पनि चर्चामा आएका थिए।

दोलखामा कार्यरत रहँदा बाढी पहिरोमा पुरिएको अवस्थामा फेला परेका एक बालकलाई सकुशल उद्धार गरेर उनले प्रशंसा कमाएका थिए।

आन्दोलनका क्रममा घाइते भएका युवाहरूको जीवन रक्षामा रक्तदान महत्त्वपूर्ण सहयोगका रूपमा देखिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत