बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • प्रशासन
  • ‘जेन जी’ आन्दोलनमा ध्वस्त नरेफाट प्रहरी चौकी समुदायको पहलमा पुनर्निर्माण, मोटरसाइकलसहित हस्तान्तरण

‘जेन जी’ आन्दोलनमा ध्वस्त नरेफाट प्रहरी चौकी समुदायको पहलमा पुनर्निर्माण, मोटरसाइकलसहित हस्तान्तरण


कान्तिपथ


गत हप्ता ‘जेन जी’ को नाममा भएको आन्दोलन र तोडफोडका क्रममा पूर्ण रूपमा क्षति पुगेको प्रहरी चौकी कोटेश्वर, नरेफाटको पुनर्स्थापना कार्य स्थानीय समुदायको सक्रिय पहलमा सम्पन्न भएको छ।

‘कोटदेवी विद्यानगर समाज सुधार समिति’ को संयोजनमा क्षतिग्रस्त प्रहरी चौकीको पुनर्निर्माण गरी आज एक कार्यक्रमका बीच पुनः सञ्चालनमा ल्याइएको हो। कार्यक्रममा समितिका संयोजक श्री देव चौलागाई र सह-संयोजक श्री सार्किमान लामा लगायत ‘प्रहरी चौकी पुनः स्थापना समिति’ का सदस्यहरूले चौकीमा कार्यरत प्रहरी कर्मचारीहरूलाई स्थानीयवासी तथा समाजका अगुवाहरूको उपस्थितिमा भव्य स्वागत गर्नुभयो।

यस अवसरमा, प्रहरीको ड्युटी तथा गस्ती कार्यमा सहजता होस् भन्ने उद्देश्यले समितिले प्रहरी चौकीलाई एउटा नयाँ मोटरसाइकलसमेत हस्तान्तरण गरेको छ।

कार्यक्रमका संयोजक श्री देव चौलागाईले यस पुनर्स्थापना कार्यमा मन, वचन र कर्मले सहयोग गर्ने सम्पूर्ण सहयोगीहरू, काठमाडौं महानगरपालिका वडा नं. ३२ को कार्यालय, तथा स्थानीय समुदायप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँले ‘प्रहरी मेरो साथी’ र ‘सत्य सेवा सुरक्षणम्’ को भावनालाई समुदायले सदैव आत्मसात् गर्दै प्रहरीलाई सहयोग गरिरहने प्रतिबद्धतासमेत जनाउनुभयो।

यस कार्यले संकटको घडीमा स्थानीय समुदाय र नेपाल प्रहरीबीचको सुमधुर र सहयोगी सम्बन्धलाई थप प्रगाढ बनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत