
काठमाण्डौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष तथा व्यवसायी डा. उपेन्द्र महतोले देशभित्र र बाहिर रहेका सबै नेपालीलाई हातेमालो गरेर सुरक्षित, समृद्ध र सुन्दर नेपाल निर्माणमा जुट्न आह्वान गरेका छन्।
जेन–जी आन्दोलनमा सरकारको दमन देखेर आफू विचलित भएको बताउँदै उनले ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। आफ्नै मेडिसिटी अस्पतालमा घाइतेको निःशुल्क उपचार गरिएको उनले स्मरण गराए।

आन्दोलनपछिको हिंसात्मक ताण्डवमा सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालतलगायत संरचनासँगै काठमाडौंस्थित आफ्नो करिब १५० वर्ष पुरानो ऐतिहासिक घर पनि आगलागीमा खरानी भएको उनले बताए। “त्यो घर मेरो संघर्ष, प्रगति र जीवनका सुखदुःखको साक्षी थियो,” महतोले भने।
संसारभरका नेपालीलाई संगठित गरी योगदान ल्याउन सुरु गरिएको एनआरएन अभियानबारे उनले गर्व व्यक्त गर्दै, विनाशको घडीमा निराश नभई अझै धेरै लगानीसहित नेपाललाई उठाउन आग्रह गरेका छन्।
साभार: surakshya sarokar
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ