बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • गृहमन्त्री ओम प्रकाश अर्यालद्वारा उपत्यका ट्राफिक महाशाखा निरिक्षण

गृहमन्त्री ओम प्रकाश अर्यालद्वारा उपत्यका ट्राफिक महाशाखा निरिक्षण


कान्तिपथ


गृहमन्त्री ओम प्रकाश अर्यालले आज काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको निरीक्षण भ्रमण गरेकाछन। हालैको युवा आन्दोलनका क्रममा कार्यालयको संरचनामा भएको तोडफोड र आगजनीपछिको अवस्थाबारे जानकारी लिन उनि कार्यालय पुगेका हुन।
निरीक्षणका क्रममा गृहमन्त्री अर्यालले आन्दोलनकारीको आक्रमणबाट क्षति पुगेका कार्यालयका विभिन्न कक्ष र भौतिक संरचनाको अवलोकन गरेका थिए।
सो अवसरमा उहाँले ट्राफिक प्रहरी कर्मचारीहरूलाई भेटेर घटनाबाट विचलित नहुन र उच्च मनोबलका साथ आफ्नो नियमित कर्तव्य पालनामा खटिन निर्देशन दिए साथै आन्दोलनले क्षति पुगेका संरचना निजी सहयोग र सही नेत्रीत्वले गर्दा चाडै पुन निर्माण भएकोमा खुसी व्यक्त गरे र प्रहरीलाइ उच्च मनोबलका साथ आफ्नो काममा खटिनु आग्रह गरे ।

गृहमन्त्री ज्युको निरिक्षण र निर्देशन पश्चात थप उर्जा मिलेको उपत्यका ट्राफिक महाशाखाका प्रमुख एसएसपी नवराज अधिकारीले बताए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत