बुधबार, फाल्गुन ६, २०८२

डीआईजी जयराजले फौजी संगठनको अनुशासन विपरीत कार्य गरे


गणेश विक


काठमाडौं । हिजो सोमबार भएको तीन डीआइजीको सरुवाप्रति एक डीआईजीले फेसबुकबाटै आलोचना गरेका छन्।

डीआईजी जयराज सापकोटाले फौजी संगठनको अनुशासनविपरीत टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्,‘हम कभी नही सुध्रेङगे, नेपाल पुलिस डीआईजीपी पोष्टिङ ।’

सोमबारको सरुवामा डीआईजी बिनोद घिमिरेलाई कोशी प्रदेशमा सरुवा गरिएको छ । सापकोटा पनि कोशी प्रदेश जान चाहेका थिए ।

उनी मोरङका स्थानीय हुन् । प्रदेश जान नपाएकोमा उनले फेसबुकमै असन्तुष्टि पोखेको बताइन्छ । उनी कार्य विभागमा कार्यरत छन् ।

सापकोटा राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा स्थानान्तरण भएका अधिकृत हुन् । गत जेठमा उनी बढुवा भएका हुन् ।

यसरी सरुवाप्रति फेसबुकमै लेखेको विषयमा प्रहरी अनुशासनअनुसार उनीमाथि कारबाही हुनसक्ने अवस्था छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत