काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र प्रहरी महानिरीक्षक दानबहादुर कार्की जेनजी आन्दोलनमा ज्यान गुमाएका प्रहरी सहायक हवल्दार अमृत गुरूङको कास्कीस्थित घरमा पुगेका छन् ।गृहमन्त्री अर्याल र आईजीपी कार्कीले आइतबार गुरुङको परिवारसँग भेटघाट गरेका हुन् । प्रहरी प्रभाग कोटेश्वर, काठमाण्डौमा कार्यरत रहेका गुरुङको गत भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा हात्या गरिएको थियो ।
सो भेटघाटका क्रममा गृहमन्त्री अर्यालले मृतकका परिवारलाई सान्त्वना दिदैँ प्रहरी संगठन र राष्ट्रका लागि प्राण उत्सर्ग गर्ने वीर सपुतको अभिभावक हुनुमा गर्व गर्नुपर्ने बताए । यस्तै प्रहरी महानिरीक्षक कार्कीले प्रहरी संगठनले गुरुङको बलिदान कदापी नबिर्सने प्रतिज्ञा व्यक्त गरे ।
जेनजी आन्दोलनको क्रममा अमरत्व प्राप्त गरेका जिल्ला कास्की, रुपा गाउँपालिका-५, रामदी घर भएका गुरुङको जन्म वि.सं २०५२ साल पौष १० गते भएको थियो । उनी २०७० साल असोज १५ गते देखिबाट नेपाल प्रहरी संगठनमा आवद्ध थिए ।सो भेटघाटमा गृह सचिव रामेश्वर दंगाल, गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज धिमिरे तथा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा समेत सहभागी रहेको थियो ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ