बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • दुर्घटना
  • सडक दुर्घटना न्यूनिकरण महाअभियान सुरु गर्ने उपत्यका ट्राफिक प्रहरीको तयारी

सडक दुर्घटना न्यूनिकरण महाअभियान सुरु गर्ने उपत्यका ट्राफिक प्रहरीको तयारी


कान्तिपथ


काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा ‘सडक दुर्घटना न्यूनिकरण महाअभियान तथा ट्राफिक सप्ताह–२०८२’ अन्तर्गत अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम मिति २०८२/०९/२० गते आयोजना गरिएको हो।

अन्तरक्रिया कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्षहरू तथा सामुदायिक प्रहरीका प्रमुखहरूको सहभागिता रहेको थियो। कार्यक्रममा स्थानीय तहसम्म सडक दुर्घटना न्यूनिकरणसम्बन्धी सचेतना अभियानलाई कसरी व्यापक रूपमा सञ्चालन गर्ने भन्ने विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले ट्राफिक व्यवस्थापन र दुर्घटना नियन्त्रणमा प्रहरीको भूमिका अझ जिम्मेवार र प्रभावकारी हुनुपर्नेमा जोड दिए। उनले प्रहरी कर्मचारीहरूलाई आफ्नो काम दागरहित, पारदर्शी र नागरिकमैत्री बनाउन निर्देशन दिएका थिए।

एसएसपी अधिकारीले समुदायसँगको सहकार्य, जनचेतना अभिवृद्धि र ट्राफिक नियमको कडाइका साथ कार्यान्वयनबाट मात्र सडक दुर्घटना न्यूनिकरण सम्भव हुने उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ सशक्त बनाइने बताए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत