नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कांग्रेस–एमालेले राष्ट्रियसभामा मात्र गठबन्धन गरेको भन्दै असन्तुष्टि जनाउँदै आफ्ना उम्मेदवार अघि सार्ने तयारी गरेको छ। मंगलबार कांग्रेस–एमाले र नेकपाबीच भएको छलफलमा सुरुमा गठबन्धनको विषयमा सहमति नजिक पुगेको भए पनि सिट बाँडफाँटमा कुरा नमिल्दा सहकार्य टुटेको हो।
छलफलका क्रममा नेकपाले चार सिटको दाबी गरेपछि कांग्रेस र एमालेले तीन सिटभन्दा बढी दिन नसकिने अडान राखेका थिए। उक्त प्रस्तावप्रति असन्तुष्टि जनाउँदै नेकपाले राष्ट्रियसभाका सबै १८ सिटमा उम्मेदवारी दिने निर्णयतर्फ अघि बढेको जनाएको छ।
नेकपा संयोजक पुष्पकमल दाहालका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार कांग्रेस–एमालेले एक्लै गठबन्धन गर्न खोजेकाले नेकपाले सबै सिटमा उम्मेदवार उठाउने तयारी गरेको हो। ‘कांग्रेस र एमालेले छुट्टै गठबन्धन गर्न खोजेका छन्, त्यसैले हामी १८ वटै सिटमा उम्मेदवार उठाउँछौँ,’ आचार्यले बताए।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ