नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिस सूची सार्वजनिक गरिएको छ।
गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले प्रहरी नियमावली, २०७१ अनुसार मिति २०८२/०९/१३ गते बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार एसएसपी पदमा बढुवाका लागि सिफारिस भएका प्रहरी उपरीक्षकहरूको सूची सार्वजनिक गरेको हो।
सूचीअनुसार कुल १० जनालाई जनपद प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको छ। सिफारिस सूचीमा रामप्रकाश शाह, भुवनेश्वर तिवारी, ऋषि राम कन्डेल, सुरेशप्रसाद काफ्ले, श्यामसिंह चौधरी, नकुल पोखरेल, दिलीप घिमिरे, पदमबहादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवासचन्द्र बोहरा रहेका छन्।


देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ