बुधबार, फाल्गुन ६, २०८२

ट्राफिक सप्ताह–२०८२ को पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम सम्पन्न


कान्तिपथ


काठमाडौं । सडक दुर्घटना न्यूनिकरण विशेष अभियान तथा ट्राफिक सप्ताह–२०८२ को पूर्वसन्ध्यामा सडक दुर्घटनाका पीडितको सहयोगार्थ रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

मिति २०८२।०९।२५ गते नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रम काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले पहिलो रक्तदान गर्दै उद्घाटन गरे।

बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरीमा कार्यरत प्रहरी कर्मचारी, सशस्त्र प्रहरी, महानगर प्रहरीका सदस्यहरू तथा केही सर्वसाधारण गरी जम्मा १ सय ३९ जनाले रक्तदान गरेका थिए।

कार्यक्रमले सामाजिक उत्तरदायित्वसँगै सडक दुर्घटनामा घाइते तथा बिरामीहरूको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। ट्राफिक सप्ताह–२०८२ लाई जनमुखी, मानवीय र चेतनामूलक अभियानका रूपमा अघि बढाउने उद्देश्यअनुसार यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गरिने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत