काठमाडौं — विप्लव नेतृत्वको नेकपा (माओवादी) मा सक्रिय रहेका नेता सन्तोष सुवेदी (प्रयास) नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा पुनः प्रवेश गरेका छन्। उनी नेकपाका नेता झक्कु सुवेदीका सुपुत्र हुन्।
२०७२ सालमा विप्लव समूहमा आबद्ध भएका सुवेदी करिब एक दशकपछि आफ्नै पुरानो पार्टीमा फर्किएका हुन्। छोरा लामो समयपछि घर फर्किएको भन्दै नेता झक्कु सुवेदीले खुशी व्यक्त गरेका छन्।
पार्टी प्रवेशको अवसरमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता वर्षमान पुन, झक्कु सुवेदीलगायत शीर्ष नेताहरूले सुवेदीलाई स्वागत गरेका थिए।
सुवेदी यसअघि तत्कालीन एकीकृत माओवादीको काठमाडौं क्षेत्र नम्बर ४ का इन्चार्जसमेत रहेका थिए। विप्लव समूहमा सक्रिय रहँदा उनी पक्राउसमेत परेका थिए।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ