काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा विद्यमान राष्ट्रिय समस्याहरू समाधान नगरी निर्वाचन प्रक्रियामा अघि बढ्नु उपयुक्त नहुने धारणा व्यक्त गरेका छन्। ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार सार्वजनिक गरिएको भिडियो सन्देशमार्फत उनले यस्तो बताएका हुन्।
प्रजातान्त्रिक व्यवस्थामा प्रतिनिधि चयनका लागि आवधिक निर्वाचन स्वाभाविक प्रक्रिया भए पनि वर्तमान परिस्थितिको संवेदनशीलतालाई गम्भीर रूपमा लिनुपर्ने उनले उल्लेख गरेका छन्। “अहिलेको जनभावना अनुसार पहिले राष्ट्रिय समस्याको समाधान खोजेर मात्र आसन्न निर्वाचनतर्फ जानु उपयुक्त हुन्छ,” सन्देशमा उनले भनेका छन्।
निर्वाचनपछिका सम्भावित द्वन्द्व, अस्थिरता र राजनीतिक खिचातानी रोक्न राष्ट्रिय सहमति र व्यापक समझदारी आवश्यक रहेको उनको तर्क छ। सबै पक्षलाई समेट्ने सहमतिका आधारमा निर्वाचन सम्पन्न गरिए मात्र देशले सही दिशा समात्ने उनले बताएका छन्।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ