सोमवार, चैत्र २३, २०८२

समानुपातिक मतगणना सम्पन्न: रास्वपा सबैभन्दा ठूलो दल


कान्तिपथ


काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ। प्राप्त परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५१ लाख ४५ हजार ६८१ मत प्राप्त गर्दै पहिलो स्थानमा पुगेको छ।

दोस्रो स्थानमा नेपाली काँग्रेस ले १७ लाख ५४ हजार ५२ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) १४ लाख ५१ हजार ७५९ मतसहित रहेको छ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी ले ८ लाख ८ हजार ५८२ मत प्राप्त गरेको छ। श्रम संस्कृति पार्टी ३ लाख ८५ हजार ६७९ मतसहित पाँचौँ स्थानमा रहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी ले ३ लाख ३० हजार ५९ मत प्राप्त गरेको छ।

यसैगरी जनता समाजवादी पार्टी, नेपाल ले १ लाख ७४ हजार ३२४ मत, राष्ट्रिय परिवर्तन पार्टी ले १ लाख ७१ हजार ८९० मत र जनमत पार्टी ले ७९ हजार मत प्राप्त गरेका छन्।

अन्य विभिन्न दलहरूले पनि केही हजार मत प्राप्त गरेका छन्। निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको अन्तिम नतिजाको आधारमा दलहरूले प्राप्त गरेको मतअनुसार प्रतिनिधिसभामा सिट बाँडफाँट प्रक्रिया अघि बढाइनेछ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत