काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि (आइतबार) बस्ने भएको छ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल का अनुसार बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा आयोजना हुनेछ।
बैठकमा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत पार्टीले प्राप्त गरेको सिट संख्याका आधारमा बन्दसूचीमा रहेका उम्मेदवारमध्येबाट प्रतिनिधिसभा सदस्य चयन गर्ने विषयमा छलफल हुने जनाइएको छ। चयन गरिएका नामहरू पछि निर्वाचन आयोग मा पठाइनेछ।
निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरूले पठाउने प्रतिनिधिसभा सदस्यको नामावली आइतबारसम्म बुझाइसक्नुपर्ने समयसीमा तोकेको छ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ