शनिबार, चैत्र २१, २०८२
  • गृहपृष्‍ठ
  • प्रशासन
  • कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न कांग्रेस महामन्त्री पौडेलको माग

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न कांग्रेस महामन्त्री पौडेलको माग


कान्तिपथ


काठमाडौं । प्रदीप पौडेल ले गौरीबहादुर कार्की आयोग को प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उनले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गतेका घटनाबारे तयार पारिएको प्रतिवेदन लामो समयसम्म सार्वजनिक नगरी राखिनु चिन्ताजनक भएको बताएका छन्।

‘प्रतिवेदन लुकाएर राखिनु विडम्बना हो, यसले विभिन्न आशंका जन्माएको छ,’ उनले उल्लेख गरेका छन्। प्रतिवेदन सार्वजनिक गर्नु सरकारको जिम्मेवारी र दायित्व भएको उनको भनाइ छ।

महामन्त्री पौडेलले आइतबार सम्पन्न नेपाली कांग्रेस को केन्द्रीय कार्यसमिति बैठकले पनि उक्त प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग औपचारिक माग गर्ने निर्णय गरेको जानकारी दिएका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत