श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्मा लामो समय बोल्ने इच्छा व्यक्त गरेका छन्। प्रतिनिधिसभाको बैठक सुरु भएसँगै शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
सांसद् संख्याको आधारमा दलहरूलाई शुभकामना मन्तव्यका लागि समय छुट्याइएको छ, जसअनुसार श्रम संस्कृति पार्टीलाई ७ मिनेट मात्र समय दिइएको छ। सो पार्टीका तर्फबाट अध्यक्ष साम्पाङले नै सम्बोधन गर्ने तय भएको छ।
तर, साम्पाङले सामाजिक सञ्जालमार्फत आफूलाई ७ मिनेट होइन, १ घण्टा ७ मिनेट बोल्न मन रहेको बताएका छन्। देशको स्वाधीनता, जनताको समस्या र विकासका मुद्दाहरूबारे विस्तृत रूपमा धारणा राख्न चाहेको उनले उल्लेख गरेका छन्।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ