मङ्लबार, चैत्र २४, २०८२

पेट्रोलियम संकट रोक्न सरकारको निर्णय:अब सातामा दुई दिन सार्वजनिक बिदा


कान्तिपथ


काठमाडौं — पेट्रोलियम पदार्थको कम आपूर्तिबाट उत्पन्न हुन सक्ने समस्या न्युनिकरण गर्न सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार यो व्यवस्था सोमबार (चैत २३) देखि लागू हुनेछ।

सरकारी कार्यालय तथा सबै शैक्षिक संस्थामा दुई दिन बिदा लागू हुने जनाइएको छ। साथै, शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयहरूको समय बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म निर्धारण गरिएको छ।

सरकारले इन्धन खपत घटाउने र आपूर्ति व्यवस्थापन सहज बनाउन यो निर्णय लिएको जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत