काठमाडौं — नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई हिरासतमुक्त गर्न अदालतले आदेश दिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलले मिसिलमा रहेका कागजातको अध्ययनपछि पीडितको पढाइ निरन्तर रहेको र प्रतिवादी शर्माले संरक्षकको भूमिका निर्वाह गरेको देखिएको उल्लेख गरेका छन्।
अदालतले पीडितलाई यातना दिई दास बनाइएको भन्ने आरोप पुष्टि हुने ठोस आधार नदेखिएको निष्कर्ष निकालेको छ। साथै, सरकारी वकिल कार्यालय काठमाडौं र पाटन उच्च अदालतले मुद्दा नचलाउने गरेको निर्णयलाई पनि कानुनसम्मत ठहर गरिएको आदेशमा उल्लेख छ।
यसअघि महान्यायाधिवक्ताको कार्यालयले जेठ १६ गते शर्मालाई थुनामै राखेर मुद्दा चलाउनुपर्ने अवस्था नदेखिएको भन्दै हिरासतबाट मुक्त गरी अनुसन्धान जारी राख्न निर्देशन दिएको थियो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ