राम्रो पाचन प्रणाली र सन्तुलित मेटाबोलिज्म केवल ऊर्जा उत्पादन र रोगप्रतिरोधात्मक क्षमता बढाउन मात्र होइन, समग्र शारीरिक तथा यौन स्वास्थ्यका लागि पनि अत्यन्त महत्त्वपूर्ण हुन्छन्। मेटाबोलिज्मले शरीरले खानेकुरा ऊर्जामा रूपान्तरण गर्ने र त्यसलाई प्रयोग गर्ने प्रक्रिया निर्धारण गर्छ, जसले ऊर्जा स्तर, हार्मोन सन्तुलन र शारीरिक कार्यक्षमतामा प्रभाव पार्छ।
वैज्ञानिक अध्ययनहरूले आन्द्राको स्वास्थ्य (गट हेल्थ) र यौन स्वास्थ्यबीच प्रत्यक्ष सम्बन्ध रहेको देखाएका छन्। आन्द्रामा पाइने सूक्ष्म जीवाणुहरूको समूह, जसलाई ‘गट माइक्रोबायोम’ भनिन्छ, हार्मोन उत्पादन र सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्छ। यसलाई ‘गट–सेक्स एक्सिस’ पनि भनिन्छ। गट हेल्थ कमजोर हुँदा हार्मोन असन्तुलन, सूजन र रक्तसञ्चारमा समस्या उत्पन्न भई यौन जीवनमा असर पर्न सक्छ।
पाचन राम्रो हुँदा शरीरले आवश्यक पोषक तत्वहरू जस्तै जिंक, आइरन, म्याग्नेसियम र भिटामिन बी राम्रोसँग अवशोषण गर्न सक्छ, जसले हार्मोन निर्माण र रक्तसञ्चारमा सहयोग गर्छ। तर, एसिडिटी, कब्जियत, मोटोपन, मधुमेह वा थाइराइड जस्ता समस्याहरूले यौन इच्छा र क्षमतामा नकारात्मक असर पुर्याउन सक्छन्।
मेटाबोलिज्मसँग सम्बन्धित समस्या—जस्तै इन्सुलिन रेसिस्टेन्स वा उच्च ब्लड सुगर—ले रक्तनली र नसामा असर पुर्याएर पुरुषमा इरेक्टाइल डिसफंक्शन र महिलामा यौन उत्तेजना कम हुने समस्या ल्याउन सक्छ। साथै, खराब मेटाबोलिज्मले थकान बढाएर यौन जीवनमा नकारात्मक प्रभाव पार्छ।
हार्मोन सन्तुलन र राम्रो रक्तसञ्चार यौन स्वास्थ्यका मुख्य आधार हुन्। पाचन प्रणाली स्वस्थ हुँदा यी दुवै पक्ष सन्तुलित रहन्छन्। तर, गट असन्तुलनले सूजन बढाएर रक्तप्रवाहमा अवरोध ल्याउन सक्छ।
मानसिक स्वास्थ्य पनि यससँग जोडिएको छ। गट र मस्तिष्कबीच सिधा सम्बन्ध हुने भएकाले पाचन खराब हुँदा तनाव, चिन्ता र मुडमा असर पर्छ, जसले यौन इच्छामा कमी ल्याउन सक्छ।
गट हेल्थ सुधार गर्ने उपायहरू:
यसरी, पाचन प्रणाली र मेटाबोलिज्म सन्तुलित राख्दा न केवल शारीरिक स्वास्थ्य सुधार हुन्छ, तर यौन जीवन पनि स्वस्थ र सन्तुलित बन्न मद्दत पुग्छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ