कपन (मुस्कानचोक) क्षेत्रबाट एक बालक हराएका छन्। परिवारका अनुसार युवराज कार्की नाम गरेका करिब ५ फिट उचाइ, कालो कपाल र कालो टिसर्ट लगाएका बालक चैत ३० गते दिउँसो करिब साढे तीन बजेदेखि सम्पर्कविहीन भएका हुन्।
बालकका बुवा सन्तोष कार्कीले प्रहरी प्रभाग कपन मा खोजतलासका लागि निवेदन दिएका छन्। प्रहरीका अनुसार मातहतका विभिन्न कार्यालयहरूमा खोजीका लागि सर्कुलरसमेत जारी गरिएको छ।
परिवारले दिएको जानकारीअनुसार उनी कक्षा ८ मा अध्ययनरत थिए। प्रहरीका अनुसार उनी अन्तिमपटक महांकाल ओरालो क्षेत्रमा देखिएका थिए।
उक्त बालकको बारेमा जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा ९८४९११५५२२, ९८५१२४५५२२, ९८४९०६९५५५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ