आईजीपीले ‘घुँडा टेक्दा’ भुटानी काण्ड खोल्ने एआईजी र २ एसएसपीको सरुवा !
गृहमन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी भूपेन्द्र खत्रीलाई ल्याएको छ। एसएसपी दान कार्कीको प्रहरी महानिरीक्षकको सचिवालयमा काज सरुवा गरिएपछि कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत खत्रीलाई काठमाडौं परिसरको नेतृत्वमा ल्याइएको हो।
उता अपराध अनुसन्धान कार्यालय प्रमुखमा एसएसपी सोमेन्द्रसिंह राठौरलाई ल्याइएको छ। त्यहाँका एसएसपी मनोज केसीको प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा सरुवा गरेर राठौरलाई ल्याइएको हो।
निर्देशनालयका सानुराम भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सरुवा गरिएको छ। नक्कली शरणार्थी प्रकरणको दोस्रो चरणको...