अन्तरिक्षमा फेला पर्यो, शुक्र ग्रहसँग मिल्दो अर्को ग्रह
काठमाडौं । अन्तरिक्षको खोजकर्ताहरूले जीजे १२१४ बी इनेपोशा नामको नयाँ ग्रह पहिचान गरेका छन् ।
यस ग्रहले अघिल्लो ग्रह वर्गीकरणलाई चुनौती दिएको छ। पृथ्वीबाट करिब ४७ प्रकाश वर्ष टाढा रहेको यो मन्द ग्रहले रातो बौना ताराको परिक्रमा गरिरहेको छ ।
यद्यपि यो सुरुमा एक मिनी–नेप्च्यून हो भन्ने सोचिएको थियो, जेम्स वेब स्पेस टेलिस्कोपले यो देखायो कि यसको शुक्र ग्रहसँग बढी समानता मिलिरहेको छ । हामी तपाइलाई यसको बारेमा जानकारी दिनेछौं ।
इनेपोशाको घना, अभेद्य वातावरण र असामान्य संरचनाले वैज्ञानिकहरूलाई ‘सुपर भेनस’ नामक नयाँ वर्गीकरण सिर्जना गर्न प्रेरित गरेको छ। यद्यपि यो शुक्रको धेरै विशेषतासँग मिल्न...