आइतवार, माघ ४, २०८२

देशमा अब लकडाउन हुदैन: अर्थमन्त्री शर्मा


कान्तिपथ


अर्थमन्त्री जनार्दन शर्माले देशमा अब लकडाउन नहुने बताएका छन्। बैंक तथा वित्तीय संस्था परिसंघको दोस्रो वार्षिक साधारणसभामा बोल्दै मन्त्री शर्माले कोरोना महामारीको अर्को लहर चलेसँगै भीडभाडमा कडाइ गरे पनि सरकार लकडाउनको पक्षमा नरहेको बताएका हुन्।

मन्त्री शर्माले सुरक्षित हुने उपाय अवलम्बन गरिए पनि लकडाउन नगरिने दाबी गरे। मन्त्री शर्माले आयात थप रोक्ने नीति थप ल्याउने तयारी गरिरहेको बताएका छन्।

सँगै उद्योग र बैंकलाई नकारात्मक प्रभाव परेका नीति संशोधन हुने उनको भनाइ छ। मन्त्री शर्माले बैंक र उद्योगीले उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुपर्ने बताउँदै बैंकको कर घटाउन छलफल गरिने तर संकटमा पनि नाफा कमाउनुपर्छ भन्ने मान्यताबाट बैंक चल्न नहुने बताए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत