बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको २६ दिनमै दुई मन्त्री पदबाट बाहिरिएका छन्। उनीहरूको कार्यशैली र व्यक्तिगत पारदर्शितामाथि उठेका प्रश्नका कारण पदत्याग गर्नुपरेको हो।
यसअघि श्रममन्त्री दीपककुमार साह आफ्नी पत्नीलाई बिमा बोर्डको सदस्यमा अनधिकृत रूपमा संलग्न गराएको आरोपपछि १३ दिनमै पदमुक्त भएका थिए। पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी को सिफारिसमा उनलाई हटाइएको थियो।
त्यसैगरी, गृहमन्त्री सुधन गुरुङ ले पनि सम्पत्ति सम्बन्धी विवाद र पारदर्शितामाथि प्रश्न उठेपछि राजीनामा दिएका छन्। उनले सार्वजनिक गरेको सम्पत्ति विवरण अस्वाभाविक रहेको चर्चा चलिरहेका बेला थप लगानीसम्बन्धी विवरण बाहिरिएपछि उनीमाथि दबाब बढेको थियो।
साथै, उनले सञ्चालन गरेको सामाजिक संस्थामार्फत आएको सहयोग रकम व्यक्तिगत खातामार्फत कारोबार गरेको आरोपसमेत सार्वजनिक भएपछि चौतर्फी दबाबका बीच उनले पद त्याग गरेका हुन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ