शुक्रबार, अशोज १२, २०८०

कार्गोमा आएका वर्षमानललाई बदनाम गर्न चार्टर प्लेनमा आएको हल्ला !


कान्तिपथ


झण्डै ४ महिना बैंकक र चीनमा उपचार गराएर नेपाल फर्कन लागेका माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन नेपाल फर्कने विषय सवैलाई चासो हुनु स्वभाविक थियो । सोमबार विहान एकाएक केही अनलाईन मिडियाले चार्टर विमानमा नेता पुन नेपाल फर्कदैं भनेर समाचार प्रकाशन गरे ।

नेता पुन हिमालयन एयरलाईन्सको स्वास्थ्य सामग्री लिन गएको कार्गो विमानमा सम्पर्क सुत्र मिलाएर टिकट काटेरै नेपाल आएका थिए । यसरी गलत हल्ला फिँजाउनुलाई नेता पुनको सचिवालयले राजनीतिक पुर्वाग्रहमा आधारित योजनाबद्ध गराईएको गलत हल्लाका रुपमा अर्थ लगाएको छ । विमानस्थलमा पत्रकारहरुको जिज्ञासामा नेता पुनले भने, ‘चार्टर विमान हैन, रेगुलर कार्गो विमान चीनमा हप्ताको दुई पटक जाँदो रहेछ । त्यसैमा मिलाएर आएको हो । यस अघि पनि बैंकक जाँदा त्यसैगरि कार्गो विमानमा गएको थिए ।’ नेपालमा चलेको हल्लाको बारेमा ओनसरी घर्ती जानकार रहिछन, पत्रकार सम्मेलनमा उनले सो कुराको पनि जानकारी दिन वर्षमानलाई अनुरोध गरिन ।

कोरोना संक्रमणका कारण नेपाल चीन नियमित उडानहरु नहुँदा नेता पुन कार्गो विमान फर्कने मौका पारेर नेपाल आएका हुन् । नेता पुनको साथमा पत्नि ओनसरी घर्ती र छोरी शीला पनि नेपाल फर्किएका हुन्। उनलाई स्वागत गर्न माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता झक्कु सुवेदी, खेलकुद मन्त्री महेश्वर गहतराज, बागमती प्रदेश अध्यक्ष सरल सहयात्री, प्रचण्डको सचिवालयका रमेश मल्ल लगायतका नेताहरु त्रिभुवन विमानस्थलमा पुगेका थिए। पुनले त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा संक्षिप्त कुराकानी गर्दै अहिले आफ्नो स्वाथ्यमा पूर्ण सुधार आएको बताए।

चीनमा उपचार गरी स्वदेश फर्केका नेता पुनले अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफू महासचिवको स्वाभाविक दाबेदार भएको बताए। ‘पार्टीमा मैले महासचिवमा दाबी गरेको हुँ। विगतमा पनि सचिव भएर काम गरेको थिएँ। त्यसकारण महासचिवमा मेरो दाबेदारी स्वभाविक हो’ पुनले भने, ‘मैले चीनमा उपचार गराइरहँदा पनि भनेको थिएँ, यदी नेतृत्वले सहमति गरेमा मान्न तयार छु । यदी प्रतिस्पर्धा भयो भने पनि प्रतिस्पर्धा गर्छु भनेकै हुँ।’

पुन चार महिना लामो उपचारपछि सोमबार स्वदेश फर्किएका हुन्। `म पूर्ण रूपमा निको भएर आएको छु। महासचिवमा मेरो स्वभाविक दाबेदारी रहन्छ’, उनले थपे, ‘सहमतिकै आधारमा बाँकी पदाधिकारी टुंग्याउने कसरत हुन्छ। सहमति भए पनि निर्वाचन भए पनि महासचिवमा मेरो दाबी रहन्छ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत