नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कोर्सका लागि यसपटक १८४ जना उर्तिण भएका छन् । जसमध्ये ७७ जना छनौट भएका छन् भने बाँकी १०७ जनाले परिक्षा उर्तिण गरेर मेरिट लिस्टमा परेका छन् ।
परिक्षा बोर्डमा उपरथी जोशीसहित सहायक रथीहरु दिपककुमार बानियाँ, सन्तोष वल्लभ पौडेल, नारायण सिलवाल, हिम्मतबहादुर बिष्ट र बिष्णुकुमार खड्का तथा महासेनानीहरु पदमबहादुर बुढा, रोजप्रताप जबरा, पुरन घले, दिरेन्द्रकुमार मल्ल, सरोजकुमार अधिकारी, भिमशंकर वन र राजेन्द्र श्रेष्ठ रहेका थिए ।
सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा संचालन हुने एकवर्ष लामो यो कोर्सलाई सैनिक अधिकारीहरुको वृत्ती विकासको महत्वपूर्ण खुट्किलोको रुपमा लिने गरिन्छ ।
कलेजका कमाण्डेन्ट उपरथी हिरालाल जोशीको नेतृत्वमा रहेको बोर्डले यस वर्षका लागि ७७ जनालाई छनौट गरेको हो । यस्तै परिक्षा उर्तिण गरेका बाँकी १०७ जनाले कुनै सिट खाली भएमा मेरिट नम्बर अनुसार अवसर पाउनेछन् ।
हेरौं यसपटक छनौट भएका र उर्तिण गरेका सैन्य अधिकारीहरुको विवरणः
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ