सोमवार, अशोज १०, २०७९

सर्वोच्च अदालत

कामु प्रधानन्यायाधीश कार्कीले बोलाए फुल कोर्ट बैठक

दीपककुमार कार्की


कान्तिपथ


कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज (सोमबार) सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बोलाएका छन्। दिउँसो १ बजेका लागि फुल कोर्ट बोलाइएको सर्वोच्चका एक न्यायाधीशले बताए।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएपछि वरिष्ठतम् न्यायाधीश कार्की स्वतः कामु प्रधानन्यायाधीश बनेका हुन्। कार्कीले कामु प्रधानन्यायाधीश बनेको दोस्रो दिन बस्ने गरी फुलकोर्ट बोलाएका हुन्।

मन्त्रिपरिषद्मा भागबण्डा खोजेको प्रकरणले प्रधानन्यायाधीश राणा विवादित बनेपछि गत कात्तिक ७ गतेदेखि प्रधानन्यायाधीशको अध्यक्षतामा फुलकोर्ट बैठक बसेको छैन।

सर्वोच्चमा विवाद रहेकै समयमा सर्वोच्च अदालत नियमावली संशोधन गर्न दुईपटक फुलकोर्ट वैठक बस्यो। त्यस्तै शोक प्रस्ताव र कोभिड संक्रमणका विषयमा निर्णय गर्न पनि फुलकोर्ट बसेको थियो। यसरी बसेको फुलकोर्ट बैठकमा प्रधानन्यायाधीश राणा उपस्थित थिएनन्।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत