मङ्लबार, माघ ८, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • टेलिकमको भ्यालेन्टाइन डे अफर: दिनभर भोल्टी कल निःशुल्क, रिजार्चमा बोनस

टेलिकमको भ्यालेन्टाइन डे अफर: दिनभर भोल्टी कल निःशुल्क, रिजार्चमा बोनस


कान्तिपथ


नेपाल टेलिकमले भ्यालेन्टाइन डे अफर ल्याएको छ । यस अवसरमा टेलिकमले अनलिमिटेड डेटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराएको छ । यो अफर मंगलबार उपलब्ध हुनेछ। अफर अन्तर्गत ४९ रूपैयाँमा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घन्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा डे कम्बो अफर उपलब्ध हुनेछ।

त्यस्तै, हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटिई अर्थात भोल्टी सेवामा भ्यालेन्टाइन डेकै अवसरमा सोमबार कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क प्रदान गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

141511# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ । यसैगरी नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क प्रदान गरेको छ ।

यो सेवा एक्टिभेट गर्न आफ्नो मोबाइलबाट *444# डायल गर्नुपर्ने कम्पनीले जनाएको छ । भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते एमपोसबाट गरिने रु. २०० देखि रु. ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डेटा र रु. ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डेटा बाेनसको रुपमा निःशुल्क उपलब्ध हुने कम्पनीले जनाएकाे छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत