आइतवार, माघ ६, २०८१

हामी महाभियोगको पक्षमा छैनौ: शेरबहादुर तामाङ्ग


कान्तिपथ


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संवैधानिक इजलासका चार न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्न हतार नगर्ने भएको छ । सोमबार बसेको एमाले संसदीय दलको बैठकपछि कान्तिपथसँग कुराकानी गर्दै सांसद शेरबहादुर तामाङले संवैधानिक इजलासका चार न्यायाधीशविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव तत्काल दर्ता नगर्ने बताएका हुन् ।

संसद पुनःस्थापनाको फैसला गर्ने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्तारुढ दलले महाभियोग दर्ता गरेपछि संवैधानिक इजलासमा बसेका न्यायाधीशहरू दीपक कुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध एमालेले महाभियोग लगाउने तयारी गरेको थियो ।

‘महाभियोग लगाउन आवश्यक हस्ताक्षर तयार पारेका छौँ । तर, न्यायाधीशहरूमाथि हतारमा महाभियोगको प्रस्ताव दर्ता चाहिँ गरिहाल्दैनौं,’ उनले भने । उनले प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग दर्ता भएपछि संवैधानिक इजलासका अन्य चार न्यायाधीशहरूमाथि पनि महाभियोग लगाउने कि भन्ने निष्कर्षमा पुगिए पनि हतारमा निर्णय नलिइने बताए । ‘हिजो तात्तातो रुपमा महाभियोगमा गइहाल्ने कि भन्ने थियो । तर, आज परिस्थिति केही परिवर्तन भएको छ । त्यसैले हस्ताक्षर तयार पारेर पनि महाभियोग तत्काल दर्ता गर्दैनौं,’ तामाङले भने ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत