सोमवार, पुस २९, २०८१

चोलेन्द्रलाई जोगाउनु पर्छ भन्ने छैन: एमाले अध्यक्ष ओली


कान्तिपथ


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पार्टी प्रधानन्यायाधीशबाट निलम्बित चोलेन्द्र शमशेर जबरालाई बोकेर हिँड्ने पक्षमा नरहेको बताएका छन्। आज आयोजित एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले राखेको धारणा बैठकपछि प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका हुन्।

उनले बैठकमा भीम रावल, घनश्याम भुसाल, गोकुल बाँस्कोटा, महेश बस्नेत, विमला विश्वकर्मालगायत सांसदले हिजो मात्रै प्रधानन्यायाधीशविरुद्ध दर्ता महाभियोग र एमसीसीका विषयमा आआफ्ना धारणा राखेको बताए। त्यसमा जवाफ दिँदै ओलीले आफूहरू चोलेन्द्र शमशेर बोक्ने पक्षमा नरहेको बताएका हुन्।

अध्यक्ष ओलीले राखेको धारणाकाे सार सुनाउँदै भट्टराईले भने, ‘अहिले प्रधानन्यायाधीश चालेन्द्र शमशेरविरुद्ध आएको महाभियोग– यो निर्वाचनलाई जसरी पनि सार्न खोज्ने वा टार्न खोज्ने, एमसीसी जसरी पनि सत्तारुढ गठबन्धनका तर्फबाट पारित गर्ने। र, लोकतन्त्रमाथि निरन्तर हमला गरिरहने यो उहाँहरू (सत्ता गठबन्धन) को महत्त्पूर्ण प्रवृत्तिका रूपमा आएको छ। यसलाई व्यक्ति विशेषलाई गरिएको आक्रमणका रूपमा नबुझेर प्रधानन्यायाधीशप्रति हामी सकारात्मक भएको, उहाँले राम्रो काम गर्नुभएको छ। उहाँलाई हामीले बोकेरै हिँड्नुपर्छ। उहाँलाई जोगाउनुपर्छ भन्ने मनशाय नेकपा एमालेको बिलकुलै छैन।’

तर जुन तरिका र परिस्थितमा महाभियोग प्रस्ताव ल्याइयो त्यसमा भने तीनवटा कुरा रहेको अध्यक्ष ओलीले बताए। भट्टराईले ओलीको भनाइ उधृत गर्दै भने, ‘पहिलो कुरा– अदालतलाई अस्थिर बनाउने, दोस्रो– निर्वाचन सार्ने र तेस्रो– एमसीसी पास गर्ने, गलत उद्देश्यका साथ आएको छ, त्यसकारण यसलाई हामीले प्रतिवाद गर्नुपर्छ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत