मङ्लबार, माघ ८, २०८१

सिइओ क्लब ग्लोबल र कतार एयरवेजबीच सम्झौता


राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यावसायिक सम्बन्ध स्थापित गराउँदै आएको सिइओ क्लब ग्लोबल र विश्वका १४० भन्दाबढी गन्तव्यस्थलमा उडान भर्दै आएको कतार एयरवेजबीच व्यावसायिक सम्झौता भएको छ ।

सिइओ क्लब अफ ग्लोबलले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपालको व्यावसायिक क्षेत्रको विकास र विस्तारका लागि कतार एयरवेजसँग व्यावसायिक सम्झौता गरिएको हो । सम्झौतापत्रका सिइओ क्लब ग्लोबल नेपाल शाखाका अध्यक्ष डा शम्भु पोखरेल र कतार एयरवेज नेपालका सेल्स म्यानेजर सरिक बोगटीले हस्ताक्षर गर्नुभयो ।

दुई संस्थाबीच सम्झौता भएसँगै अब सिइओ क्लबका सदस्यले कतार एयरवेजको जहाजमार्फत विदेश जाँदाआउँदा हवाई टिकटमा १० प्रतिशत सहुलियत पाउने भएका छन् । अमेरिकाको न्यूयोर्क शहरमा मुख्य कार्यालय रहेको सिइओ क्लब ग्लोबलले हालसम्म १०० भन्दाबढी देशमा आफ्नो शाखा विस्तार गरिसकेको नेपाल शाखाका अध्यक्ष डा पोखरेलले बताउनुभयो ।

निजी क्षेत्रका नेतृत्वदायी व्यक्ति तथा संस्था, कूटनीतिक नियोगका प्रमुख, सरकारी क्षेत्रका उच्च ओहोदाका व्यक्ति सदस्य रहने उक्त क्लबमा हाल विश्वभर १० हजारभन्दा बढी सदस्य रहेका छन् । दुई वर्ष पहिले नेपालमा शाखा विस्तार गरेको सिइओ क्लब ग्लोबल नेपाल शाखाले नेपाल युएई विजनेश काउन्सिल गठन गरेको छ । हाल नेपालमा उक्त क्लबमा ४५ सदस्य आबद्ध रहेको अध्यक्ष पोखरेलले बताउनुभयो । उक्त क्लबले शीर्ष तहमा राजनीतिक, व्यापार, व्यवसायलगायतको क्षेत्रमा सहकार्य गराउँदै आएको छ ।

नेपालमा दैनिक चार उडान भर्दै आएको कतार एयरवेजले विश्वका १४० भन्दा बढी मुलुकमा आफ्नो गन्तव्य विस्तार गरिसकेको नेपालका सेल्स म्यानेजर बोगटीले बताउनुभयो ।


कान्तिपथ

गणेश विक, सुरक्षा/अपराध बिटमा समाचार लेख्छन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत