मङ्लबार, जेष्ठ ३, २०७९
  • गृहपृष्‍ठ
  • राजनिति
  • लुम्बिनी प्रदेश स्थापना दिवस: जनयुद्धका सहिददेखि क–कसले पाउँदैछन् पदक ?

लुम्बिनी प्रदेश स्थापना दिवस: जनयुद्धका सहिददेखि क–कसले पाउँदैछन् पदक ?


कान्तिपथ


लुम्बिनी प्रदेश सरकारले आज १० विधाका ५७ जनालाई विभिन्न पदकबाट विभूषित गर्दैछ । स्थायी राजधानी देउखुरीमा स्थापना दिवसको दिन विभिन्न १० विधाका प्रदेश पदक वितरण तथा विभूषित गरिने भएको हो ।

प्रदेश सरकारले हरेक वर्ष घोषणा गर्ने विभूषितको नाम सरकारले गठन गरेको पदक सिफारिस समितिको सिफारिसानुसार प्रदेश राजपत्रमा असोजमा प्रकाशित गरेको हो ।

सरकारले घोषणा गरेका ५७ पदक विभूषितलाई प्रदेश स्थापना दिवसका अवसरमा आज विभूषण गर्न लागेको हो । राजपत्रमा प्रकाशित सूचनाअनुसार प्रदेशको प्रमुख विभूषण प्रदेश प्रमुख जनसेवा पदक ‘क’ बाट वि.सं २०३६ कात्तिक ३१ मा अखिल भारतीय नेपाली एकता समाज स्थापना गरी संस्थापक सदस्य, नेपालको प्रजातान्त्रिक अन्दोलनका लागि भारतमा दर्जनौं पटक गिरफ्तार भएका, गणतन्त्र प्राप्तिका लागि नेपालमा भएको आन्दोलनमा सहभागी भएका अर्घाखाँचीका भक्तिप्रसाद आचार्य (राजु नेपाली) लाई विभूषित गर्ने घोषणा गरिएको छ ।

यस्तै प्रदेश प्रमुख जनसेवा पदक ‘ख’ बाट अधिकार र पहिचानको अन्दोलनमा विगत ६० वर्षदेखि अग्रपङ्तिमा रही कार्य गरेका र राणा शासनको समयमा जनही प्रथाविरुद्ध अवाज उठाएको, किसानको शाहदतपछि सोको याद झल्काउने अजिगरा स्तम्भ निर्माण गरेका कपिलवस्तुका रामवरण यादव र गणतन्त्र प्राप्तिको आन्दोलनमा शहीद भएका रुकुम पूर्वका प्रेम मल्ल तथा दिलमाया विक पतिपत्नीलाई विभूषित गरिने घोषणा गरिएको छ ।

प्रदेश प्रमुख जनसेवा पदक ‘ग’ बाट बाँकेका माताप्रसाद कुर्मी र गुल्जार खान, सशस्त्र द्वन्द्वमा बेपत्ता भएकी बर्दियाकी निर्मला योगी तथा सशस्त्र द्वन्द्वमा शहीद भएकी रोल्पाकी लली रोकालाई (मरणोपरान्त) प्रदान गरिने भएको छ ।

मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘क’ १ बाट गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा सहभागी भई योगदान गरेका गुल्मीका ९२ वर्षीय बामपन्थी नेता कर्णबहादुर क्षेत्री लाई प्रदान गरिने भएको छ ।

मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘ग’ बाट बर्दियाका सशस्त्र द्वन्द्वका घाइते टीकाराम थारु (घाइते) र सङ्घीयता तथा गणतन्त्र प्राप्तिको लागि भएको आन्दोलनमा सहभागी भएका रोल्पाका तेजकुमारी वलीलाई प्रदान गरिने भएको छ ।

प्रदेश राजपत्रमा प्रकाशित सूचनाअनुसार प्रदेश सेवा समर्पण ‘क’ एक जनालाई, प्रदेशसेवा समर्पण ‘ख’ १५ जनालाई, प्रदेशसेवा समर्पण ‘ग’ दुई जनालाई दिइने उल्लेख छ । उजिरसिंह दीप पदक ‘ख’ चार जनालाई, उजिरसिंह दीप पदक ‘ग’ दुई जनालाई, समाजसेवा श्री पदक ‘क’ एक जनालाई, ‘ख’ आठ जनालाई, ‘ग’ दुई जनालाई, प्रदेशरत्न पदक ‘ख’ एक जनालाई, ‘ग’ दुई जनालाई, पुथाश्री शिखर पदक ‘ग’ एक जनालाई, प्रदेश प्रज्ञा पदक ‘ख’ दुई जनालाई दिइने जनाइएको छ ।

यस्तै प्रजापति गौतमी पदक ‘ख’ एक जनालाई, ‘ग’ दुई जनालाई, दङ्गीशरण बलिहाङ पदक ‘ख’ एक जनालाई र ‘ग’ एक जनालाई दिइने छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत