शनिबार, माघ ५, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • प्रचण्डलाई बालुवाटारमा एकथरी, खुमलटारमा अर्कोथरी कुरा गर्ने छुट छैन : महामन्त्री थापा

प्रचण्डलाई बालुवाटारमा एकथरी, खुमलटारमा अर्कोथरी कुरा गर्ने छुट छैन : महामन्त्री थापा


कान्तिपथ


नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले बालुवाटारमा एकथरी र खुमलटार अर्कोथरी कुरा नगर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री थापाले क्षणिक लाभका लागि कांग्रेसले दोहोरो कुरा नगर्ने बताएका हुन् ।

‘कांग्रेसले दुई थरी कुरा गर्दैन । बालुवाटारमा एउटा खुमलटारमा अर्को कुरा गर्न कांग्रेसले जान्दैन’, थापाले भने । एमसीसी सम्झौता अनुमोदनतर्फ संकेत गर्दै महामन्त्री थापाले पार्टीले गरेको निर्णयलाई जनतामा लैजानुपर्नेमा जोड दिए ।

निर्वाचनलाई मात्रै लक्षित गरेर कांग्रेसले धारणा नबनाउने भन्दै थापाले कम्युनिष्ट पार्टीहरुलाई जस्तो छुट नभएको बताए । ‘नेपालको राष्ट्रहितको निम्ती कांग्रेसलाई जे कुरामा विश्वास छ, त्यो विश्वासका लागि अडिग रहनुपर्छ’, थापाले भने ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत